ताजा समाचार

‘घरको कौसीमै गाँजाखेती’!

आजका पत्रपत्रिकामा ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समुहले बम विस्फोट गराएको र बालुवाटारको जग्गा कब्जाबारे मुख्य खबर छन् । देशको अर्थतन्त्रदेखि प्रेसप्रति प्रधानमन्त्रीको अभिव्यक्तिले प्राथमिकता पाएका छन् ।

अन्नपूर्ण पोष्ट् दैनिकले अर्थतन्त्र ओरालोतिर शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार सरकार, निजी क्षेत्र र घरायसी क्षेत्रबाट हुने लगानी र खर्च शिथिल हुँदा अर्थतन्त्र ओरालो लागेको हो । पछिल्लो समय अर्थतन्त्र ओरालो लाग्नुका कारणहरूमा कर्जा विस्तारमा ब्रेक लागेको, सरकारी खर्च सुस्त देखिएको, राजस्व असुलीमा धक्का लागेको, विप्रेषण आप्रवाहमा कमी आएको र उपभोगमा कमी देखिएको समाचारमा विश्लेषण गरिएको छ ।
आर्थिक वर्षको ८६ करोड रुपैयाँ भुक्तानीको विषयलाई लिएर प्रदेश २ को प्रदेशसभामा गत भदौदेखि जारी गतिरोध अझै नहटेको कान्तिपुर दैनिकमा समाचार छ ।
सो कान्तिपुरले ‘दूतावासको खर्च मनलाग्दी’ शीर्षकमा पनि समाचार छ । विदेशमा रहेका नेपाली नियोगहरुका लागि क्रमशः घर खरिद गर्दै जाने नीतिअनुरुप सरकारले हरेक वर्ष भवन खरिद गर्न बजेट छुट्याउँदै आएको छ तर त्यो बजेटलाई घर, जग्गा वा फ्ल्याट खरिदमा उपयोग गरिएको छैन, रकमान्तर गरेर दुरुपयोग गरिएको छ ।

नागरिक दैनिकमा सरकारले मुलुकभित्र विभिन्न माध्यमबाट आर्जन गरेको चलअचल सम्पत्ति फिर्ता गर्ने गरी भ्रष्टाचार निवारण ऐन संशोधनको तयारी गरेको समाचार छ भने ‘घरको कौसीमै गाँजाखेती’ शीर्षकमा पनि समाचार छ । ललितपुरको प्रयागपोखरीस्थित पाँचतले घरको कौसी र छतभरी गाँजाका बोट हुर्किएको पत्तो पाएपछि कात्तिकको पहिलो साता प्रहरी घरभित्रै पसेर छापा मार्यो र गाँजा फाँड्यो । लगत्तै २२ केजी गाँजासहित घरधनी भूषणकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ ग¥यो । त्यसयता प्रहरीले घरका कौसी र छतमा समेत निगरानी बढाउन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *