ताजा समाचार

नेपाल प्रहरीले माग्यो ७ सयभन्दा बढी इन्सपेक्टर र असई (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ। प्रहरीका भर्ना छनौट महाशाखाले ७ सय ३३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको हो।

माग अनुसार समावेशी आधारमा १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असई माग गरेको हो। जस अनुसार खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *