संखुवासभा । संखुवासभा जिल्ला भोटखोला गाउं पालिका १ स्थित किमाथांकामा सशस्त्र प्रहरी बल नेपालको बोडर आउट पोस्ट (बिओपी)स्थापना भएको छ । उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो बिओपी हो । मंगलबार पुर्ब क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनिका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्र बहादुर थापा र संखुवासभा जिल्लाका प्रजिअ जिवन प्रसाद दुलालले २०७६/०९/२९ गते १०:१० बजे संयुक्त रुपमा सो बिओपिको उद्घाटन गरेका हुन् ।
बिओपी स्थापनाको लागी सोमबार पुर्ब क्षेत्र बाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोलि नेपाली सेनाको हेलि मार्फत किमाथांका लगिएको थियो । स्थानिय व्यक्तीको २ वटा २ तले घर भाडामा लिएर सो बिओपी स्थापना गरिएको बताइएको छ । सो स्थान सदरमुकाम खांदबारिबाट ११० किमि टाढा र नेपाल चिन सिमा बाट १ किमि नजिक छ। यो संगै सशस्त्र प्रहरीको बिओपी संख्या ११२ पुगेको छ र अन्य थप स्थानमा समेत बिअोपी स्थापना गर्ने कार्य अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले बताएको छ । केहि दिन अघि नेपाल सरकारले सशस्त्र प्रहरि बलको १ सय १४ नयाँ बिओपी स्थापना गर्ने योजना अनुसार नै यि बिओपी स्थापना भएका हुन्




