खेलकुद

कमजोर क्लबसँग पराजय ब्यहोरेपछि बार्सिलोना प्रशिक्षक भाल्भर्डे बर्खास्तीमा परे

काठमाडौं । स्पेनिश क्लब बार्सिलोना आफूभन्दा कमजोर टिमसँग पराजित भएपछि त्यसको नतिजा प्रशिक्षकले समेत भोग्नु परेको छ । बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बखास्त गर्दै उनको स्थानमा नयाँ प्रशिक्षक नियुक्त गरेको छ।

ला लिगाकाे जारी सिजनमा बार्सिलोनाले कमजोर क्लबसँग पराजय ब्यहोरेपछि क्लबले उनलाई हटाएको हो।  अघिल्ला दुई सिजनको ला लिगामा क्लबलाई विजयी गराएपनि भाल्भर्डेले अन्य प्रतियोगिता जिताउन सकेका थिएनन्।

भाल्भर्डेलाई रियल बेटिसका पूर्व प्रशिक्षक क्वेक सेटिनले प्रतिस्थापन गरेका हुन। सोमबार साँझ बसेको क्लब बैठकले ६१ बर्षीय सेटिनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय लिएको हो। भाल्भर्डेको प्रशिक्षणकालमा बार्सिलोना एकपटक पनि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको थिएन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *