काठमाडौं । वरिष्ठ गायक निशान भट्टराइको कार दुर्घटनामा मृत्यु भएको छ । सोमबार राति तिनकुनेमा कार दुर्घटनामा परी शख्त घाइते भएका उनको ट्रमा सेन्टरमा लगेपपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
काठमाडौंको दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो ।
उनी गायिका लोचन भट्टराईका भाइ हुन् । गायक भट्टराईको पहिलो गीत ‘कामनाले भरिएको.. हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर..’ उनको अर्को लोकप्रिय गीत हो । उनको अर्को लोकप्रिय गीत फिल्म माइतीघरकाे ‘हेर धर्ती ढगमगायाे….’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले अडिशनमा गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।




