एजेन्सी । गए राति भएको स्पेनिस सुपर कपको फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टीमा हराउँदै रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधी जितेको छ । निर्धारित समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टिमा गएको थियो ।
रियल म्याड्रिडले ४-१ ले पेनाल्टीमा सुटआउट जितेको हो । यो संगै ज़िनेदिन जिदानले लगातार ९ ओटा फाइनल खेलमा जित हात पारेका छन् । जिदानले आफनो म्यानेजरियल क्यारियर एक पनि फाइनल खेल हारेका छैन्न् ।
गए राति भएको फाइनलमा ९० मिनेट संम पनि दुबै टोलिबाट कुनै गोल हुन नस्कदा खेल अतिरिक्त समयमा गएको थियो तर त्यसमा पनि कुनै नतिजा आएन । अनि खेल पेनाल्तिमा गएको थियो । रियल म्याड्रिडले लागातार चार पेनाल्ति गोलमा परिनत गरेको थियो भने एट्लेटिको मड्रिडले एक गोल मात्र गरेको थियो । रामोसले चौंथो पेनाल्टीलाइ गोलमा परिणत गर्दै रियल म्याड्रिडलाई स्पेनिस सुपर कपको उपाधी दिलाएका थिए ।




