ताजा समाचार

गलिनन् तुम्बाहाङफे, नेकपा निरिह

आज पत्रपत्रिकामा फरक फरक विषय बस्तुले स्थान पाएका छन् । सबैमा संसद बैठक स्थगित भएको र नेकपामा सभामुख विवाद तथा उपसभामुखको अडानबारेका समाचारले भने स्थान पाएका छन् ।
कान्तिपुरले संसद् बन्यो गुटबन्दीकाे बन्धक शिर्षकमा समाचार लेखेको छ । भने राजनितिक आडमा क्रसरको मनपरी शिर्षकमा मुख्य खबर छ ।
नेपाल समाचार पत्रले मध्यपूर्वको तनावले नेपालमा हुने नोक्सानको लेखाजोखा गरेको छ । विप्रेषण् आप्रवाहमा गिरावट, मुल्यवृद्धि, पर्यटकहरुको आगनमा कमी, गरिबी निवारणमा असर, र रोजीरोटि नै गुम्ने खतरा लगाएतका समस्या नेपालले भोग्नुपर्ने समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले पनि एक महिना संसद् बन्धक शिर्षकमा मुख्य खबर छापेको छ । हिउँदे अधिवेशनको पहिलो बैठक पछि स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन । सभामुखको टुंगो लगाउन नसक्दा संसद् बैठक सत्तारुढ दलबाटै बन्धक जस्तै बनेको छ । त्यही समाचार भित्र गलिनन् तुम्बाहाङफे शिर्षकमा अर्को समाचार छ । उपसभामुख शिवमाया तुम्बाहाङफे राजिनामा नदिएर सभामुखको पद दाबी गरेपछि नेकपामा झनै सकस् भएको छ । त्यस्तै जुम्लाको चन्दननाथ गुठीको १०८ रोपनी जग्ग अतिक्रमण भएको खोजपूर्ण समाचार पनि आजको अन्नपूर्णमा छ ।  अन्नपूर्णका अनुसार चन्दननाथ गुठीको १ लाख ४ हजार वर्गमिटर जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दिरनजिक सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ । बाँकी करिब १ सय ८ रोपनी भने व्यक्तिका नाममा पुगेको छ ।

नागरिक दैनिकमा चाल् बजेटको अर्धवार्षिक समिक्षा गरिएको छ । बलियो सरकारको कमजोर खर्च शिर्षकमा चालु अार्थिक वर्षमा चार खर्ब आठ अर्ब रुपैया विकास बजेट गर्ने लक्ष्य राखेकोमा आधा वर्ष सकिँदा सम्म जम्मा ५२ अर्ब रुपैयाँ मात्र खर्च भएको समाचारमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *