ताजा समाचार

उपसभामुखले अडान नछाेडेपछि कुराे मिलेन, प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ ।
लामो समय देखि सभामुख चयनमा प्रयासरत नेकपाले निष्कर्ष निकाल्न नसक्दा प्रतिनिधि सभा बैठक सत्तारुढकै कारण बन्धक बनेको छ । हिउँदे अधिवेशनको पहिलो बैठक बसेपनि त्यसपछिका सबै बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ । बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको थियो । उपसभामुखले आफैले अध्यक्षता गरी बैठक संचालन गर्ने बताएपनि अन्तिम समयमा आएर स्थगित भएको हो ।

सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे सहभागी भएपनि उनले राजिनामा दिन नमान्दा आज पनि सभामुखको चयनको बाटो खुल्न सकेन ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहेको छ । तर उपसभामुखले पनि आफ्नो अडानमा कायम छिन् । उनी आफू सभामुख बन्न पाउनु पर्ने माग गरिरहेकि छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *