ताजा समाचार

‘जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ’ भन्दै पूर्वराजा ज्ञानेन्द्रले दिए पृथ्वी जयन्तीको शुभकामना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन्।
शनिबार साँझ नै एक विज्ञप्ती जारी गर्दै पूर्व राजाले सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन भन्दै सबैमा पृथ्वी जयन्तीको शुभकामना दिएका छन् ।

जारी विज्ञप्तीमा हाम्रा पुर्खाको पौरखले जोडिएको, जर्गेना गरिएको भन्दै हिमाल पहाड र तराई मिलेर बनेको यो हाम्रो प्यारो जन्मभूमि नेपाल सदा स्वतन्त्र शान्त अविभाज्य अखण्ड रहनु पर्नेमा जोड दिएका छन् । त्यस्तै मुलुकलाई नचाहिँदो विवादमा नपार्न आग्रह गरेका छन्। ‘राष्ट्रकानायकहरुको बीर गाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता स्वाभिमानको अभिव्यक्तिलाई कुण्डित पार्ने एंव मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन ।’ विज्ञप्तीमा भनिएको छ ।
‘जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ भन्दै उनले देशको पछिल्लो राजनितिक घटनाक्रम तर्फ पनि संकेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *