ताजा समाचार

पाकिस्तानकाे एक मस्जिदमा बम विस्फोट, कम्तिमा १४ मानिसको मृत्यु

एजेन्सी । पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् ।

द एक्सप्रेस ट्रिब्यूनकाे रिपोर्ट अनुसार, आक्रमणमा केटा सहरको डीएसपी अमानुल्लाह पनि मारिए । सहरको सिभिल हस्पिटलका एक प्रवक्ताका अनुसार घाइतेमध्ये कैयौंको अवस्था गम्भिर छ ।

पाकिस्तानी सेनाका प्रवक्ताको ट्वीटर ह्याण्डलका अनुसार सुरक्षाबलले बम विस्फोट भएको स्थानको चारैतर्फ घेरेको र सेनाले प्रहरीसँग मिलेर खान तलाशी अभियान चलाइरहेको बताएको छ ।
पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाकाले बम विस्फोटबारे बोल्दै भने , प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मदतभएको छ । जसले मस्जिदमा निर्दोस मानिसलाई निशाना बनाए, ती सच्चा मुसलमान हुन सक्दैनन् ।’

करीब तीन दिन पहले क्वेटा मै  सुरक्षा बलकाे एक गाडी नजिक भएकाे विस्फोटमा दुइ जनाकाे मृत्यु भएकाे थियाे । भने एक दर्जन बढी घाइते भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *