आज शनिबार प्रकाशित मुख्य दैनिक पत्रिकाले प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडा नै तोकिएको विषयलाई प्रकाशित गरेका छन् । त्यसैगरी प्रतिनिधिसभाको सभामुख चयनको विषयले प्राथमिकता पाएको छ ।
कान्तिपुर दैनिकले प्रतिनिधिसभा सभामुखविहिन भएको चार महिना बितीसक्दा पनि सत्तारुढ नेकपाका नेताहरुले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झनै सकसपूर्ण भएको विषयलाइ मुख्य समाचार लेखेको छ । समाचारमा शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० बीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन ।
सुखसयलमा मन्त्रीहरु शिर्षकमा अन्नपूर्ण पोस्ट्ले प्रदेश नं सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन । मन्त्रीहरुले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन् । उनीहरुले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन् । केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन् ।