खेलकुद

शहीद स्मारक लिगः सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा

काठमाडाैं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सरस्वती युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहिबार भएको खेलमा आर्मीले सरस्वतीलाई १–० गोलले पराजित गरेको हो ।

आर्मीका लागि पहिलो आफमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरेका थिए । उनले खेलको ३०औँ मिनेटमा दिनेश हेन्जनको पासमा गोल गरेका हुन्। दोस्रो हाफमा आर्मीले निकै प्रयास गरे पनि गोल गर्न भने सकेन् । उक्त खेलमा आर्मीका विकास खवास ‘म्यान अफ दी म्याच’ घोषित हुनभयो । आर्मी पाँचौँ चरणको खेल सकिँदासम्म पाँच खेलमध्ये चारमा जित तथा एउटामा हार बेहोर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा पुग्न सफल भएको छ । सरस्वती युथ क्लब अहिलेसम्म जितबिहीन अवस्थामा छ । अहिलेसम्म खेलेको पाँचवटै खेलमा सरस्वती क्लब पराजित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *