खेलकुद

रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश

एजेन्सी । रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३–१ को अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो।

रियलको जितमा टोनी क्र्रुज, इस्को र लुका मोड्रिकले एक एक गोल गरे। भ्यालेन्सियाका लागि डानिएल पारेजोले एक गोल फर्काए।

खेलको १५ औं मिनेटमा पाएको कर्नरमा टोनी क्रुजले गोल गरेका थिए। क्र्रुजले हानेको कर्नर किक भ्यालेन्सियाका गोल रक्षकले पन्च गर्ने क्रममा गोलमा परिणत भएको थियो। त्यस्तै ३९औं मिनेटमा इस्कोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। ६५औं मिनेटमा मोड्रिकले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए।

भ्यालेन्सियाका लागि खेलको अतिरिक्त समयमा पाएको पेनाल्टीमार्फत पारेजोले १ गोल फर्काए। दोस्रो सेमिफाईनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *