आजका पत्रपत्रिकामा इरान र अमेरिका तनावे मुख्य प्राथमितकता पाएका छन् भने त्यसबाट नेपालमा पर्ने प्रत्यक्ष अप्रत्यक्ष असरबारे पनि विश्लेषण गरिएको छ । त्यस्तै नेकपामा ओली इतर नेताको जमघट बाग्लिएको खबरर सभामुख चयनमा भएको ढिला सुस्तीबारेपनि कलम चलेका छन् ।
कान्तिपुरले रातभर बंकरमै शिर्षकमा इराकस्थित अमेरिकी सेनाको क्याम्पमा इरानले मिसाइल प्रहार गर्दा त्यहाँ कार्यरत नेपाली नागरिकको अनुभव लेखेको छ । सेनाले आपतकालीन घण्टी बजाएपछि रातभर बंकरमै बसेको त्यहाँ कार्यरत झापाका राकेश क्षत्रीसँग कुराकानी गरेर कान्तिपुरले मुख्य खबर छापेको छ ।
नागरिक दैनिकले खाडीमा १० लाख नेपाली प्रभावित भएको समाचार लेखेको छ। शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार भएको समाचारमा उल्लेख छ। समाचार अनुसार, संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ ।
कारोबार दैनिकले बजेट सरेन्डुर गराउने तयारी गरेको खबरलाई मुख्य बनाएको छ । आर्थिक वर्ष आधा सकिन लाग्दा पनि आशाअनुरुप बजेट खर्च हुन नसकेपछि सरकारले सम्बन्धित मन्त्रालय तथा आयोजनालाई बजेट ‘सरेन्डर’ गराउने तयारी गरेको छ । फागुन मसान्तसम्ममा ५० प्रतिशत बजेट खर्च गर्ननसक्ने विकासे मन्त्रालय र आयोजनाहरुलाई अर्थमन्त्रालयले बजेट ‘सरेन्डर’ गर्न तयार रहन अर्थमन्त्रीले जानकारी गराएका छन् ।
अन्नपूर्ण पोस्ट्मा गौतम निवासमा प्यानल जमघट शिर्षकमा मुख्य समाचार छ । सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गोतमको निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट भएको समाचारमा उल्लेख छ ।
त्यस्तै भारतमा पाम तेल प्रतिबन्धित भएको अर्को समाचार छ । भारतले प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय गरेको छ । भारतीय सरकारको वाणिज्य विभागले बुधबार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरुलाई हुनेछ । भारत सरकारको पछिल्लो निर्णयले नेपालबाट हुने पाम आयलको निर्यातसँगै मुलुकको समग्र निर्यात पनि प्रभावित हुने देखिन्छ ।
नेपाल समाचार पत्रमा पनि इरान अमेरिका कै तनावको चर्चा छ भने दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुख शिर्षकमा अर्को समाचार छ । समाचार अनुसार, संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन ।




