काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २(२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
रोमान्चक बनेको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले एक एक गोल गरे । मछिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले एक एक गोल गरे ।
खेल सकिएपछि दुबै टोलीका केही खेलाडी आक्रमक बनेका थिए । निकै रोमान्चक र फाइनल अघिको फाइनल जस्तै बनेको खेलमा दुबै टोली जित निकाल्न चाहन्थे तर खेल बराबरीमा सकिएपछि चिन्तित बनेका दुबै टोलीका खेलाडीले संयम् गुमाउँदा प्रहरी नै गएर खेलाडीलार्ई सम्हालेका थिए । यस्तै का बेन्चमा बसेका मिडफिल्डर अन्जन विष्टले अभद्र व्यवहार देखाएपछि रेफ्रिले उनलाई खेल समय सकिएपछि रेड कार्ड देखाए ।




