काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगकाे पाँचाै संस्करणकाे खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन्। दशरथ रंगशालामा सोमबार भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेर अंक बाडेका हुन्।
दुबै टाेलीले अाक्रमक सुरूवात गरेपनि गाेल भने गर्न सकेनन् । बराबरीसँगै जावलाखेल ५ खेलबाट ९ अंक जोडेर चौथो स्थानमा छ। एनआरटी ५ खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा छ।




