आजका पत्रपत्रिकामा फरक फरक विषय र तस्वीरले स्थान पाएका छन् । अन्नपूर्णले अमेरिकाले हत्या गरेको इरानी सेनामा कमाण्डरको अन्तिम संस्कारमा लाखौं जनताको उपस्थिति रहेको तस्वीर पहिलो पृष्ठमा छापेको छ ।
भने कान्तिपुरले सूचना प्रविधि विधेयकबारे व्याङ्यात्मक कार्टुलाई प्राथमिकता दिँदै पहिलो पृष्ठमा छापेको छ ।
दर्ता नभए सरकारले फेसबुक बन्द गर्ने खबर नागरिकले छापेको छ । फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता नभए अब त्यसलाई सरकारले बन्द गर्न सक्ने भएको छ । नागरिक आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउन सक्ने विज्ञहरुले बताएका छन् ।
कान्तिपुरले इरानमा अमेरिकी हमलापछि छिमेकि देश इराकमा रहेका नेपाली कामदारको अवस्थाबारे लेखेको छ । इराकमा कार्यरत नेपालीहरु बाहिरको अवस्था के छ भन्नेबारे अन्जान छ । इरानमा २५ जना र इराकमा करिब १५ हजार नेपाली कामदार छन् ।
अन्नपूर्ण पोस्ट्ले उखु किसानको समास्या सल्टाउन चासो देखाएको खबर छापेको छ । भने खाडीमा रहेका नेपालीको चिन्ता सुरु भएको अर्को खबर छापेको छ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका अनुसार, खाडी मुलुक हेर्ने दुतावासलाई त्यहाँको अवस्थाबारे बुझ्न भनिएको छ । आइतबार श्रमन्त्री र परराष्ट्रमन्त्रीको आकस्मिक बैठक बसेको थियो ।
जिस्क्याए १० लाख जरिवाना शिर्षकमा सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। विधेयकअनुसार भने कसैले कसैलाई जिस्क्याए पनि १० लाख रुपैयाँसम्म जरिवानाको भागिदार बन्नुपर्ने अवस्था छ।




