खेलकुद

एफए कप फुटबलः बराबरीमा रोकिएपछि म्यानचेस्टर युनाइटेडले वुल्भ्ससँग रिप्ले खेल्ने

एजेन्सी । एफए कप फुटबलको चौथो चरणमा पुग्न म्यानचेस्टर युनाइटेडले फेरि रिप्ले खेल्ने भएको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा वुल्भ्ससँग गाेलरहित बराबरी खेलेपछि चौथो चरणमा प्रवेश गर्न फेरि खेल्नुपर्ने भएको हो ।

एफए कपको नियम अनुसार खेल बराबरीमा सकिए दुई टोलीबीच रिप्ले खेल हुनेछ ।

अब दुई टोलीबीचको रिप्ले खेल युनाइटेडको मैदानमा हुनेछ । खेलको मिति तय भएको छैन । लेष्टर सिटी भने एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ ।

विगन एट्लेटिकलाई २(० गोल अन्तरले पराजित गर्दै लेष्टर चौंथो चरणमा प्रवेश गरेको हो । साउथह्याम्पटन पनि हडर्सफिल्ड टाउनलाई २(० ले हराएर चौंथो चरणमा प्रवेश गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *