ताजा समाचार

लोकसेवा तयारी गरेर बसेकाहरुलाई दुखद् खबरः यो वर्ष नासु र खरिदारमा विज्ञापन नखुल्ने(सूचनासहित)

काठमाडौ‌ । सरकारी जागिर खान लोकसेवा तयारी गरेर बसेकाहरुलाई दुखद् खबर रहेको छ । लोकसेवा आयोगले यस वर्ष नायब सुब्बा र खरिदार पदको लागि विज्ञापन नखुलाउने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पदपुर्तिसम्बन्धी माग स्थगित गर्ने सम्बन्धमा सूचना जारी गरेको हो। ‘अर्को व्यवस्था नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरू रिक्त भए पनि हाललाई माग आकृति फाराम भरी पठाउने कार्य नगर्नु नगराउनु हुन अनुरोध छ,’ सामान्वय प्रशासन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

लोक सेवाले याे वर्ष अधिकृत पदमा भने ठुलो संख्यामा आवेदन माग गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *