खेलकुद

सागमा स्वर्ण विजेता बक्सिङ खेलाडी सम्मानित

काठमाडौं । नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरिएको छ ।

सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो । जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँहरुलाई राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का सदस्य सचिव रमेश सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सम्मान गर्नुभएको हो । सम्मानस्वरुप उहाँहरुले जनही रु २५ हजार प्राप्त गर्नुभयो ।

बेलायतमा बस्दै आउनुभएका पूर्वबक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेतालाई सम्मान गर्न उक्त रकम नेपाल बक्सिङ सङ्घलाई पठाउनुभएको थियो । कार्यक्रममा बक्सिङका रजत र कास्य पदक विजेतालाई सम्मान गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *