ताजा समाचार

घुमुवाको कारण प्रहरी बद्नाम भएकाले मेट्रोका घुमुवा खारेजीमा

काठमाडौं । घुमुवा प्रहरीका कारण प्रहरी बद्नाम भएको भन्दै महानगरीय प्रहरी कार्यालय (मेट्रो)रानिपोखरीले परिचालन गर्दै आएको सादा पोशाकका प्रहरी (घुमुवा) हटाएको छ । सादा पोशाकमा खटाइएका र विभिन्न् खबर संकलनका लागि भनेर राखिएका घुमुवाहरुलाई हटाइएको मेट्रोका डिआइज विश्वराज पोखरेलले बताएका छन् ।

मेट्रोबाट परिचालित हुँदै आएका २५ जना घुमुवालाई हटाएर उनीहरुलाई दैनिक अपरशेनका काममा लगाइने मेट्रोले जनाएको छ । आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै परिसरका घुमुवाहरु समेत हटाउने तयारी मेट्रोले गरेको छ । पछिल्लो समय घुमुवाहरु विभिन्न आपराधिक गिरोहहरु संलग्न रहेको, घुससहित पक्राउ परेका लगायतका घटनाले बद्नाम बन्दै गएका थिए । सादा पोशाकका प्रहरीले अनावश्यक दुख दिएको गुनासो बढ्दै गएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *