ताजा समाचार

ओली र मोदीबीच टेलिफोन वार्ताः भ्रमण वर्षकाे निम्ताे दिए, सीमाविवादमा कुरा भएन

संघीय राजधानीबाट आज प्रकाशित सबै पत्रपत्रिकामा नेपाल भ्रमण वर्ष २०२० का समाचार हरु तस्वीर सहित पहिलो पृष्ठमा प्राथमिकतामा परेको छ ।
अन्नपूर्णले ‘पर्यटनको महाअभियान सुरु’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । नेपाल समाचार पत्रले काठमाडौंसहित सातै प्रदेशमा प्रदेशबाट भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको लेखेको छ । नागरिकले नेपाल भ्रमण वर्ष सुरु भएको र विश्वलाई नेपाल घुम्न निम्ता दिइएको लेखेको छ । भने कारोबार दैनिकले भ्रमण वर्षको भव्य शुभारम्भ भएको मुख्य समाचार लेखेको छ ।

अन्य समाचारमा कान्तिपुरले बलात्कार र बेचबिखन मुद्दाका अभियुक्त धरौटीमा रिहा शिर्षकमा मुख्य समाचार बनाएको छ ।
जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई कानूनी धरातल बेगर धरौटीमा छाड्न आदेश दिएको भेटिएको समाचार छ भने त्यस्तै युवतीलाई भारतमा लगेर बेच्ने दुई युवकलाई पनि अदालतले एक एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको अर्को समाचार छ । कानूनी आधार भन्दा पर गएर यस्ता गम्भीर मुद्धामा धरौटीमा छोड्नु बद्नियत भएको समाचारमो सार छ ।

त्यस्तै आजको नेपाल समाचार दैनिकका अनुसार प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता भएको छ । समाचार अनुसार सीमा समस्या समाधान गर्न सहमत भएका छन् ।
सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको समाचारमा उल्लेख छ।
यो समाचारलाई अन्नपूर्ण पोस्ट्ले भने टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई भ्रमण वर्षको निम्तो दिएको र नयाँ वर्षको शुभकामना दिएको तर सीमा विवादबारे वार्ता भएनभएको ओलीले नखुलाएको समाचार छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *