ताजा समाचार

पाँच किलो चरेससहित नागढुङ्गाबाट एक व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ५३७१ नंको टाटासुमो जाँच गर्ने क्रममा उक्त चरेस फेला परेको हो । खत्रीले झोलामा लुकाई छिपाई चरेस ल्याउँदै गरेको पाइएको प्रहरीको दाबी छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नागढुङ्गा विभिन्न जिल्लाबाट लागुऔषध भित्र्याउने मुख्य नाकाका रुपमा चिनिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *