विश्व

सत्ता हस्तान्तरणबारे तालिवान र अफगान सरकारबीच वार्ता

एजेन्सी– अफगानिस्तानमा सरकार र तालिवान विद्रोहीबीच शन्तिपूर्ण सत्ता हस्तान्तरणका विषयमा वार्ता भइरहेको छ ।

सरकारबिरोधी हमलालाई तीब्र पार्दै आईतबार राजधानी पसेको तालिवानले सत्ता हस्तान्तरणबारे सरकारसँग वार्ता भइरहेको जनाएको हो । यसअघि सरकारले गरेको सत्ता साझेधारीको प्रस्तावलाई तालिवानले अस्वीकार गरेको थियो । आईतबार विभिन्न प्रान्तलाई नियन्त्रण गर्दै काबुल पसेको तालिवानले राजधानी प्रवेश गर्ने सबै नाकामा आफ्ना लडाकू तैनाथ गरेको छ ।

तालिवानले राजधानी छोड्न चाहने जो सुकैलाई सुरक्षित ढंगले जान अनुमति दिदै लडाकूलाई हिंसात्मक आक्रमण नगर्न निर्दैशन दिएको बताएका छन् । तर, काबुलका केही सडकमा गोली र बमका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तालिवान काबुल प्रवेश गरेपछि अमेरिकाले काबुलस्थित आफ्नो दूताबासबाट कर्मचारीलाई स्वदेश फिर्ता गर्दैछ । त्यस्तै आफ्ना नागरिक र राजदूतलाई सुरक्षित ढंगले स्वदेश फर्काउन बेलायतले झन्डै ६०० सेना परिचालन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *