फिचर

माइतीघर मण्लामा टिकटक चालउन पाउँ भन्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं । सरकारले टिकटकको माध्यमबाट गैरकानुनी गतिविधि बढेको भन्दै नियन्त्रणमा टिकटक नै बन्द गरेपछि अहिले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धका बारेमा आलोचना भइरहेको छ । सोमबार टिकटक चलाउन पाउनुपर्ने माथ राख्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हुदैँछ । टिकटकमाथि सर्वोच्चमा परेको रिटको सुनुवाई हुने दिन काठमाडौंँको माइतीघर मण्डलामा टिकटकरहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सरकारसमक्ष विभिन्न माग राख्दै प्लेकार्ड सहित प्रदर्शन जारी राखेका हुन् ।

‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ रु। लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजीमा उत्रिएका छन् ।टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *