समाचार

कांगेस प्रमुख प्रतिपक्ष भएकाले सरकार ढाल्न लागिरहन्छ : नेता डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस प्रमुख प्रतिप्र्रक्ष दल भएकाले सरकार ढाल्न लागि पर्ने बताएका छन् ।

नेता कोइरालाले आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘ कांग्रेस वेटिङ गर्भरमेन्ट पनि हो । कांग्रेसले शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउँदै कोइरालाले भने पाटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई विश्वासको मत दिएकोमा धेरै विवाद पाटीभित्र गरिरहन आवश्यक छैन । यसको च्याप्टर क्लोज भइसक्यो ।’

पत्रकारहरुले राष्टपतिको सन्र्दभमा सोधेको प्रश्नको जवाफ दिदैँ नेता कोइरालाले भने, ‘ राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिन्छ सबै दलसँग छलफल गछौँ । सबैपदहरुमा वामपन्थीमात्र नहुने भन्दै राष्ट्रपति कांग्रेसको हुनुपर्नेमा आफूहरु स्पष्ट रहेको नेता कोइरालाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *