काठमाडौं । नेपाली कांग्रेसले बैतडीमा ५२ प्रतिशत क्षेत्रीको संख्यामाथि उपेक्षा गर्दै आएको छ । बैतडीमा अन्य जातिको तुलनामा क्षेत्रीको संख्या पहिलो स्थानमा छ ।
निर्वाचनको समयमा संख्याका आधारमा हेर्दा क्षेत्रीले पनि टिकट पाउनुपर्ने हो । उनीहरुले पनि टिकट पाउनुपर्ने माग राखेपनि नेपाली कांग्रेसले वि.स २०४८ सालदेखि नै ७ प्रतिशत जनसंख्या भएको ठकुरीलाई टिकट वितरण गर्दै निर्वाचनमा विजय गराउँदै आएको छ ।
यो तथ्याङकलाई हेर्दा बैतडीका क्षेत्रीसमुदायमाथि राजनैतिक विभेद भएको देखिन्छ । सबैभन्दा धेरै क्षेत्रीको जनसंख्या भएको जिल्लामा विर्वाचनमा टिकट नपाउनुको कारण के हो ? अहिले बैतडीमा क्षेत्रीले पाउने अधिकार तथा सेवाका क्षेत्रका असमानुपातिक वितरण भएको बैतडीका क्षेत्री समुदायको भनाइ छ ।
यसले गर्दा बैतडी जिल्लामा बसोवास गर्ने क्षेत्री समुदायको राजनैतिक अस्तित्व हराउन खोजेको देखिन्छ ।
बैतडीमा क्षेत्रीको संख्या एक लाख ३० हजार ८ सय ९४ जना रहेकोे छ , भने ठकुरीको संख्या सोह्र हजार ९ सय ७६ रहेको छ । तर संख्याका आधारमा टिकटको वितरण हुनुपर्ने माग बैतडीका क्षेत्री समुदायले राख्दै आएपनि कम जनसंख्या भएको जाती ठकुरीले मात्र निरन्तर टिकट पाउँदै आएको बैतडीवासीको भनाइ छ ।
यस्तै कैलाली र कन्चनपुरमा थारुको अस्तित्व स्वीकार्ने कांग्रेसले बैतडीमा क्षेत्रीको अस्तित्व माथि उपेक्षा गर्नु नकरात्मक विभेद हो । निर्वाचनमा सबै वर्गले सामजस्यपुर्ण सहभागिता पाउनुपर्ने व्यावस्था छ ।
बैतडीमा बसोवास गर्ने सम्पुर्ण जातीहरुको विवरण यस्तो छ :





