सम-सामयिक

‘म युवा हुँ जनताको उत्साहले जित्ने आधार बनेको छ’ : प्रत्यासी अधिकारी

काठमाडौं । स्थानीय तह निर्वाचनको मध्यरातिबाट मौन अवधि सुरु हुदैँ छ। यसबीचमा निर्वाचनसम्म उम्मेदवारहरुले कुनै प्रचार–प्रसार गर्न पाउँदैनन्। राजनीतिक दलहरु जोडघटाउको अंकगणितमा व्यस्त छन्। नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं २ मा कांग्रेसका तर्फबाट वडाध्यक्षका प्रत्यासी हुन दिपक अधिकारी। आफ्नो पक्षमा माहोल राम्रो रहेको उनले बताए। प्रचार प्रसार राम्रो भएको र जनताले खोजेको उम्मेदंवार पाएको भन्दै प्रतिक्रियाले उत्साही भएको उनी बताउँछन्।

‘२ नम्बरभित्रको कच्चि बाटोलाई नाली काटेर महिना सञ्चालन हुन सक्ने बनाउने लक्ष्य छ। यातायातको पूर्वाधार नपुगेपछि अन्य पूर्वाधार पु¥याउन कठिन हुन्छ,’ अधिकारीले भने, कृषिलाई आधुनिकिरण गर्ने, ठाउँ ठाउँम डेरी नभएको ठाउँमा पालिकासँग समन्वय गरेर चिस्यान मेसिन राख्ने योजना छ।’ युसवाहरुलाई पलायन हुनबाट रोक्ने उनको योजना छ। ‘युवा पलायनको समस्या व्याप्त छ, यसलाई रोक्न पहल गर्नेछु। कृषिमा आधारित जीवनशैली छ। कृषिबाट व्यवसायिक वडावासी र युवा मेरो प्राथमिकतामा रहन्छ,’ उनले भने।

स्थानीय स्रोतबाट राखिएका कर्मचारीको न्यूनतम ज्याला ग्यारेन्टी गर्ने उनले बताए। ‘बाहिर काम गर्दा दैनिक १ हजार सम्म पारिश्रमिक पाउन सकिन्छ, तर स्थानीय स्रोतबाट राखिएका शिक्षक कर्मचारी लगायतका व्यक्तिहरुको श्रमको सम्मान हुनेगरि पारिश्रमिक नभएको गुनासो छ, त्यो सम्बोधन गर्छु,’ उनले भने। जोश सहतिको युवालाई जनप्रतिनिधि बनाउन स्थानीय बासिन्दा नै लागेको उनले बताए। ‘म युवा हुँ जनताको उत्साहले जित्ने आधार बनेको छ,’ उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *