कोशी प्रदेश

जाउँ है गुराँसको राजधानी टिएमजे, ढकमक्क फुल्यो गुराँस( तस्वीरमा हेर्नुहोस )

काठमाडौं । तीन जिल्लाको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्र यतिबेला ढकमक्क लालीगुराँस फुलेर मनमोहक बनेको छ । वसन्त ऋतुको आगमन सँगै लालीगुराँस फुलेपछि टिएमजे क्षेत्रले पर्यटकको ध्यान आकर्षित गरेको हो ।


गुरासको राजधानी मनिने टिएमजे क्षेत्रमा बिश्वमा पाईने ३५ प्रजातीको गुराँस मध्ये २८ परजाती गुराँस पाइने बनस्पिति विद्हरु बताउँछन । । बिषेश गरि फागुन महिनाबाट कोपिला सुरु भई जेठ अन्तिमसम्म गुराँस फुल्ने गर्दछ ।


टिएमजे क्षेत्रमा गुरास फुल्न सुरुभएसँगै आन्तरिक तथा बाह्य पर्यटनको चहल पहल बढेको छ । बसन्तपुर, आरआर गार्डेन, चौकी,मंगलबारेर गुफापोखरी वरिपरिका जङ्गल यतिखेर बेहुली झै सिंगारीएका छन ।


टिएमजे क्षेत्र संखुवासभा,ताप्लेजुंग र तेह्रथुमको संगमस्थल हो । टिएमजेबाट देखिने मकालु,कञ्चनजङ्गा, कुम्भकर्ण हिमालको मनमोहक दृश्यले पर्यटकको मनै लोभ्याउने गर्छ ।


आन्तरिक तथा बाहय पर्यटनले चहल पहल बढेसँगै होटल ब्यावसाय फस्टाएको छन । सञ्चालनमा आएका होटलले पर्यटकको चाप धान्न नसकेपछि व्यवसायीहरुले थप होटल, रेष्टुरेन्ट बनाउन थालेका छन । पर्यटकको अगवनले यस क्षेत्रमा आर्थिक गतिविधि समेत बढेको छ ।


ढकमक्क फुलेको गुराँस, मनोमहक प्राकृतिक दृष्य,चिरबिर चराका आवज ,बनमा देखिने कालिज ,धोरल,हरिण, भेडा, चौरी गाई जस्ता जिवजन्तुले यस क्षेत्रको सोभा बढाएको छ । भर्जिन ल्याण्ड टिएमजे क्षेत्र बाह्य पर्यटकको मात्र नभई पछिल्लो समय आन्तरिक पर्यटकको हब नै बनेको छ । सितल हावपानी भएकाले गर्मी छल्न र गुरासको दृष्य हर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *