काठमाडाैं । एमसिसीकाे विराेधमा ६ कम्युनिस्ट पार्टी र दुई माेर्चाले आज बुधबार आह्वान गरेकाे नेपाल बन्दकाे असर काठमाडाैं उपत्यकामा खासै परेकाे छैन । तर, एमसिसी आजकाे प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारीका बीच सत्तासिन दलकै जनवर्गीय संगठन र अन्य समूह पनि प्रदर्शनमा उत्रिने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।



















