रिबन

आज यमपञ्चकको दोस्रो दिन, यसरी मनाइयो कुकुर तिहार (फोटो फिचर)

काठमाडौँ ।यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ।यसै अवसरमा स्नेहा केयर र मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममाले पनि कुकुर तिहार मनाएको छ।

तस्बिर : रत्न श्रेष्ठ/प्रदीपराज वन्त/रासस

कुकुर तिहारका अवसरमा स्नेहा केयरमा रहेका कुकुरलाई पूजा गर्दै संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठ ।
कुकुर तिहारको अवसरमा स्नेहा केयरमा कुकुरलाई पूजा गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन । कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ ।

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजा गर्दै नेपाली सेना । विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरिएको थियो । कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ ।

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *