उदयपुर । किराँत साँस्कृतिक केन्द्र मानिएको बेलका नगरपालिका – ७ मैनामैनी हाङ्माचुङ्ग क्षेत्रमा विकासका पूर्वाधारले गतिलिन थालेको छ । यससँगै पर्यटक लोभ्याउन थालेको हो । केही वर्ष अघिसम्म विकासका पूर्वाधारले गति नलिदा मैनाराजा मैनीरानीको मन्दिरका साथै थुप्रै ऐतिहासिक पुरातात्त्विक र पर्यटकीय क्षेत्रको अस्तित्व संकटमा परेका थिए।
पछिल्लो समय किराँतहरुको आस्था र धरोहरको केन्द्र मानिएको यस क्षेत्रमा बराहा अबतार मानिएको बँदेल ( सुँगुर ) को प्रतिमा स्थापनाले निकै चर्चा बटुलेको छ । ललित कला प्रतिष्ठानको मुर्ति बिभागबाट तयार पारिएको बदेलको प्रतिमा साथै त्यसको वरिपरिको साजसज्जा समेत ५८ लाखमा नगरपालिकासँग सम्झौता गरी धनु याख्खाले निर्माणकार्य सुरु गरेको नगर प्रमुख दुर्गा कुमार थापा ( स्वस्ति ) ले जानकारी दिए । यसै वर्ष पार्क निमाणर्का लागि प्रदेश सरकारबाट २५ लाख बिनियोजन भएको हो । उहाँका अनुसार बेलका नगरपालिका बहुजातीय ,बहुभाषिक ,बहुसास्कृतिक नगर भए पनि मैनामैनी ९० प्रतिशत किरातहरुको बसोबास भएको क्षेत्र हो । किराँतहरु धर्म ,संस्कृति ,संस्कारमा यसको आवश्यक हुने । यसको नजिकै पारि पट्टि रहेको बराहक्षेत्र छ । त्सले पनि यसको महत्त्व बुझाउछ ।
मैना मैनी क्षेत्रले प्रचुर पर्यटकीय संभावना बोकेको छ । मैनाराजा मैनीरानी क्षेत्रमा ३ फिट खन्नासाथ मुर्ति फेला पर्छ । यसको संरक्षण र सुरक्षित गरिएको छ । उदयपुर भोजपुर जोड्ने सुनकोसी नदिमा चुहार हसनपुर पुल निर्माणाधीन अबस्थामा छ । अन्तर्राष्ट्रिय राजमार्ग का रुपमा किमाथांका जोड्ने सडक यहीँबाट बन्दैछ । प्रदेश नं १ को महत्वाकांक्षी आयोजना मुन्धुम पदमार्गको थालिनि बिन्दु पनि यहीँ हो – नगर प्रमुख थापाले बताए । अत्यन्तै संबेदनशील मानिएको लोपोन्मुख गिद्ध संरक्षित क्षेत्र सुगाचारी यहि पर्छ । अहिले पनि यहाँ ७/८ सय गिद्धको बास स्थान रहेको उहाले जानकारी दिए । विशेष क्षेत्र , संरक्षित क्षेत्र , जातीय धार्मिक बहुल्यताको पहिचान गर्दै यस नगरपालिकाको वाडा १ र २ मा थारु बाहुल्यता भएकैले थारु संग्रहालय निर्माण सम्पन्न भएको छ । त्यसैले आफू संविधानको परिपालक भएको थापाले बताए । सबै जातजाति धर्म सम्प्रदायको पहिचानका लागि हरदम लागिपरेकाे बताए । किरातहरुको आस्था र बिश्वासको धरोहर मानिएको मैनीरानीलाई स्थानीयले सीतामाता , पार्बती , सुम्निमा र मैनाराजालाइ शिव , हिमालय पर्बतका छोरा , पारुहाङ भन्ने गरेका छन । तर यस क्षेत्र बिस्तारै अतिक्रमणमा परिरहेको छ ।
लिच्छविकालिन शिव पार्वतीको मुर्ति सहितको मन्दिर संरक्षणको पर्खाइमा छ । चारैतिरबाट अतिक्रमणमा पर्न थालेको मन्दिर क्षेत्रमा पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण मानिएका ईटा ढुंगा समेत लोप हुँदै गएका छन । पुल र सडक निर्माणकार्य ले गति लिन सकेको छैन । बिद्युत बिस्तार भरखरै भए पनि खानेपानी को समस्या जिउका तिउँ छ । हाङ्माचुङ डाडामा रहेको मन्दिरका पुजारी मार्छा पाछाका रहेका छन र अधिकांश त्यहि पाछाका किराँतहरुको बसोबास रहेको छ । उनीहरु आफुलाइ ऋषि मुनिका सन्तान बताउने गरेको ईतिहासबिद्हरुको तर्क छ। त्यस क्षेत्र बाट पुर्वी तर्फ देखिने बराहक्षेत्र हिन्दु धर्मावलम्बी माझ महत्त्वपूर्ण मानिन्छ ।
हिन्दुहरुका प्रमुख चार धाम कुरु क्षेत्र , हरिहर क्षेत्र , मुक्ति क्षेत्र र बराह क्षेत्रको बराह पुराण , स्कन्द पुराण र महाभारतमा समेत बर्णन पाइन्छ । बराह अवतार भगवान बिष्णुको तेश्रो अवतार हो । हिरण्याक्ष दैत्यले पृथ्वी चोरेर पाताल पुर्यायछन । त्यही बेला पृथ्वी र बेदको रक्षा गर्न बिष्णुले बराह अवतार लिइ दैत्यको संहार गरे पछि उनी कोका र कौशिका नदीको संगममा बसेछन । पृथ्वी बचाउन हामफालेको स्थल मैनामैनीको बराह बदेलको प्रतिमा निर्माण स्थललाइ मानिए स्वरुप त्यस ठाउमा स्मारक बनाउन लागिएको नगर प्रमुख थापाले बताए। साँस्कृतिक केन्द्र भए पनि खोज अनुसन्धानको अभाव रहेको छ । नेपाली राजनितिका युग पुरुष महामानब तथा साहित्यकार वीपी कोइरालाको कृति सुम्निमा उपन्यासमा बर्णित थलो यही मानिन्छ । त्यसैले पनि किराँत साँस्कृतिक केन्द्र मान्न सकिने इतिहासकार हरुको मत रहेको छ ।




