उदयपुर । एउटा ऐतिहासिक ठाउँ ओझेलमा पर्दा समेत स्थानीय , प्रदेस र सघीय सरकार मौन रहेको छ । दुइ सय बर्ष भन्दा पुरानो सस्कृतिक, ऐतिहासिक , पुरातात्विक र धार्मिक पर्यटकीय संरक्षण र सम्बर्द्धनको पर्खाइमा रहेको छ तर कसैको ध्यान जान सकेको छैन ।
समुन्द्री सतह देखि १३ सय ९० मिटर उचाइमा रहेको उदयपुर गढी २०२८ साल सम्म प्रशासनिक ईकाइ र जिल्ला सदरमुकामको रुपमा परिचित थियो । सदरमुकाम अन्यत्र सर्न साथ उपेक्षित बनेको छ । गढी भू-भाग करिब पौने दुई मिटर उचाइको परणखालले घेरिएको छ । उत्तर दक्षिण लमतन्न फैलिएको यो क्षेत्र भित्र कलात्मक रुपमा कुदिएका मुर्ति र बास्तुकला देख्न सकिन्छ । नजिकै रहेको धार्मिक आस्थाको केन्द्र पँचावति भगवती मन्दिर, गणेश मुर्ति , सयौ बर्ष अगाडिको बरगाछि आन्तरिक र बाह्य पर्टकका लागि खोजिको बिषय रहेको छ ।
२०२० लाई भ्रमण बर्षको रुपमा मनाउने सरकारी निर्णय संगै यो स्थान १ सय १ गन्तव्य स्थलको रुप पर्दा यहाका स्थानीय हर्षमा थिए । तर त्यहि बर्षको कोरोना भाइरस कोभिड-१९ ले उनिहरुको खुसी बिस्मातमा परिणत गरिदियो । बिस १९८६ देखि २०२८ सम्म४२ बर्षसम्म जिल्ला कै प्रमुख स्थान रहेको उदयपुर गढी पर्यटकिय स्थल खानेपानी , सडक स्वास्थ्य , उच्चशिक्षा जस्ता आधारभुत आबश्यक्ता पुर्ति नहुदा स्थानीयहरु बसाइ सराइ हुन बाध्य भएका छन । १९७२ मा भाषा पाठशाला , २००९ मा मिडिल स्कुल हुँदै २०६४ सालमा १०+२ संचालित १ सय ६ बर्ष पुरानो शैक्षिक थलो आर्थिक कठिनाइमै घिस्रिरहेको छ ।
पंचावति भगवती मन्दिर विभिन्न कलात्मक ढुङ्गा मुर्ति प्रस्तर टुडिखेल संरक्षणको अभावमा जिर्ण बनेका छन । स्थानीय सरकारको संस्कृतिक , ऐतिहासिक ,पुरातात्त्विक र पर्यटकिय स्थलको संरक्षण मा ध्यान नगएकोमा स्थानिय क्रोध बनेका छन । यो क्षेत्र मदन भण्डारी लोक मार्गको गाइघाट – कटारी खण्डको नेपालटार बाट ८ किमि पश्चिम उत्तरमा पर्छ ।





