काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मोडल जाङ्मु शेर्पासँग राईले आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् । राईले पार्टीका सीमित नेता र आफन्तलाई बोलाएका थिए ।
मुख्यमन्त्री राई ४९ वर्षका छन् । उनकी जीवनसाथी शेर्पा २३ वर्षकी छन् । उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए। विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् ।





