काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसले सोमबार आयोजना गरेको विरोध प्रदर्शन सहभागी सबैप्रति धन्यवाद प्रकट गरेका छन ।
सभापति देउवाले प्रदर्शनमा सहभागी सबैमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गरेका हुन । सभापति देउवाले प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने संघीय क्षेत्रीय कार्यसमिति, पार्टीको सबै तहका नेता तथा कार्यकर्ता, भातृ र शुभेच्छुक संस्था,पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु, पत्रकारहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गरेका छन ।
१६५ वटै संघीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न प्रदर्शनले केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त गरेको देउवाको दाबी छ ।
हेर्नुहोस तस्बीरमा कांग्रेस प्रदर्शन




















