ताजा समाचार

आज प्रभु येशुको जन्मदिन

काठमाडौं । प्रभु येशुको जन्मोत्सव (क्रिसमस)को उपलक्ष्यमा विश्वका सबै इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन्।
ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन्। नेपालमा पनि विभिन्न कार्यक्रम गरी क्रिसमस दिवस मनाउने गरिन्छ ।

आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट हिउँदको यो मध्य समयमा येशुको जन्म भएको विश्वास गरिन्छ ।

आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *