कला/साहित्य

बाह्र हाइकु

बाह्र हाइकु

१.

कमल फूल

दलदल फोहर

मनमा स्पर्श !

२.

हरियो दूबो

टेक्नलाई मानेन

स्पर्श कोमल !

३.

पानीको छाल

डरलाग्दो प्रवाह

प्रकृति बग्दा !

४.

ककनी डाँडा

मनमोहक दृश्य

थाकेन आँखा !

५.

खोलाको पानी

अञ्जुलीमा राखेर

पुर्खा सम्झेछु !

६.

नौ डाँडा पारि

मुटु चोर्ने मायालु

उड्ने रहर !

७.

आँखा चिम्लिँदा

सपनाको ओइरो

दुखेछ मुटु !

८.

अनिल्दो रात

तिम्रो त्यो छायाँसँग

आँखा नै टाँस्यो !

९.

सम्झने मन

विश्वास गर्दागर्दै

एक्लै भएछु !

१०.

सपना देख्दा

सोच्न बाध्य हुन्छ नै

राम्रै सिकाई !

११.

इर्ष्यालु माया

आफै खोतल्न खोज्दा

जिल्ल परेछ !

१२.

सहने बानी

ठक्कर खाँदै जाँदा

निडर भएँ !

(श्रीराम श्रेष्ठ बट्टार,नुवाकोट)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *