फिचर

खुट्टा गुमाए पनि हिम्मत गुमाएको छैन

उदयपुर।लोकप्रिय कांग्रेस नेता नारायणबहादुर कार्की उदयपुरे जनताका एक कुशल अभिभावकका रुपमा परिचत छन्।राजनीतिलाई सेवाको रुपमा लिएर अघि बढेका कांग्रेस नेता कार्की उदयपुरको विकासमा सदैव क्रियाशील रहे । जसका कारण उनको लोकप्रियता चुलिदै गयो ।
लामो समय उदयपुर कांग्रेसको नेतृत्व गरेका कार्की दोश्रो संविधिनसभा निर्वाचन २०७० मा उदयपुर ३ बाट निर्बाचित भए । प्रतिनिधि सभा निर्वाचन २०७४ मा उनै कार्कीले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवारी पाए । प्रभावशाली र त्यस क्षेत्रका लोकप्रिय नेता कार्की चुनाव प्रचार–प्रशारको क्रममा आततायीक बम विष्फोटमा परे । बोलेरो गाडीको अगाडीको सिटमा नेता कार्की र पछिल्लो सिटमा नेबिसंघ नेतृ मिरा कटवाल थिए । विष्फोटमा परेर दुवै गम्भीर घाइते भए । कटवालको घटनास्थलमै दाहिने खुट्टा गुम्यो । २०७४ मंसिर १३ गते नेपालटारको चुनाबी सभालाई संबोधन गर्न कटारीबाट जाँदै गर्दा दनुवार बेसीमा निर्वाचन बहिष्कारवादी कम्युनिष्टको एम्बुसमा परेर कार्कीले पनि खुट्टा गुमाए ।


घटनाको स्मरण सुनाउदै कार्की भन्छन मारे बजियाहरुले भन्दै गाडीबाट उत्रिन खोजे एउटा खुट्टा नष्ट भएको र अर्को भाचिएको रहेछ । आखा पुरै बन्द भए। मलाई त बाचिन्छ होलाजस्तै लागेको थिएन । तर बाचे साथी भाईसंग भेट हुन जुरेको रहेछ । भावुकता र दरिलो आत्मा बिश्वासका साथ नेता कार्कीले भने ।

दुई बर्षसम्मको उपचारपछि गृह जिल्ला फर्किएका कार्की राजनीतिमा पुनः सक्रियता देखाउन थालेका छन । नेत कार्की २०७६ मंसिरको अन्तिम साता उदयपुर फर्किएका हुन । खुट्टा गुमाएका कार्की कृतिम खुट्टा र बैषाखीको साहारामा आफन्त ,पार्टी कार्यकर्ता र सुभेच्छुक मझ पुग्ने गरेका छन ।
विभिन्न सभामा कार्यकर्ता,शुभेच्छुक,आफन्तहरु माझ कांग्रेसभित्र मजबुत एकताको आबश्यक्ता महसुस भएको बताउने कार्की पार्टीमा एकता बिना जनतालाई न्याय नहुने ,न्याय ,स्वाधीनता र लोकतन्त्रका लागि कांग्रेस भित्र आन्तरिक एकता अपरिहार्य रहेको ठान्छन् । उनी भन्छन ‘म कांग्रेस भएकै कारणले बांच्न सफल भए सबैको सहयोग ,सद्भाव र सहानुभुतिले बांचे’ ।

बम बिस्फोटमा पर्दाको सम्झना गर्दै कार्कीले भने काठमाडौं पुग्दा सम्म दुबै आखा रहेनछ भन्ने लागेको थियो । तर डाक्टरहरूको मेहनत र परिश्रमले देख्न सक्ने भए । अहिलेसम्म एउटा आंखामा बमको छर्रा छ । देब्रे खुट्टाको गोलिगाठो फुटेको छ । मधुमेह र बुढौलीले गर्दा घाउ निको नभएका कारण अन्त्यमा खुट्टा काट्नु पर्‍यो । गोलिगाठो देखि पिडुला सम्म ३० ठाउँ हड्डि छेडेर स्टिल लगाईएको थियो ,खुट्टा नकाटियोस भनेर ३ वटा औला काटियो तर त्यसो गर्दा समेत उपचार संभव भएन । मिरा बैनि र मैले खुट्टा गुमायौ । ड्राइभर राजन कार्की पनि घाईते भए । राजनले दुःख र ऋण गरेर किनेको गाडिको क्षतिपुर्ति पाएनन् । यसमा आफू मर्माहत भयको उनले नेता कार्कीले पताए ।
खुट्टा गुमाए पनि हिम्मत नगुमाएको भन्दै तागत भए अर्को खुटा पनि उडाउन नेता कार्कीले चुनौति दिए । आफू कांग्रेस र लोकतन्त्रबाट पछि नहट्ने बताए । हामीलाई पंचायत फाल्न ३० बर्ष लाग्यो रुसलाई कम्युनिष्ठ फाल्न ७० लागेको भन्दै पंचायत भन्दा यिनिहरुको शासन क्रुर रहने बताए । रुसमा सिनो भएको कम्युनिष्टलाइ नेपालमा संजीबनि छरेर ब्युताइएको छ ।


कम्युनिष्टको जन्म आतकबाटै भएको छ, यो दुनियाको ईतिहासले प्रमाणित गरेको छ। लाग्न सक्छ कम्युनिस्टहरू लाई लोकतान्त्रिक शक्तिलाई बम ,बारुद र बन्दुकले सिध्याउछौ भन्ने तर, गुट , उपगुट र आन्तरिक एकताको अभावमा सकिएला ! बम बारुद र बन्दुकले कांग्रेस कहिल्यौ सकिदैन ।
लोकतन्त्रको सुरक्षा भएन भने कम्युनिष्ट ईतर शक्तिको पनि सुरक्षा नहुने भएकाले सम्पूर्ण लोकतन्त्रबादी एक हुनुको बिकल्प नरहेको कार्कीको दाबी छ ।
नेता कार्कीले भने बिस्फोटनबाट ज्यान लिन सकेनन,निर्बाचनमा मेरो बिजय सुनिश्चित थियो, तर नारायणबहादुर कार्की मरिसक्यो मरेकालाई किन भोट भनेर दुष्प्रचार फैलाए जसका कारण आफू पराजये हुन पुगे । नेता कार्कीले पराजयबाट नआत्तिएको बताउदै सधै जनताको साथ रहने उद्घोष गरे ।
२००५ साल फागुन ९ गते उदयपुर गढीमा जन्मिएका कार्कीले प्रारम्भिक तथा माध्यमिक शिक्षा पञ्चावति माबि उदयपुर गढीमै लिएका थिए । २०२० सालमा त्रि–चन्द्र कलेजबाट आइएसी गरेका कार्कीले ,स्नातक प्राईभेट र त्रिभुवन विश्व बिद्यालयबाट १ बर्षे बिएड गरेका छन ।
बैद्धिक छबीका नेता कार्की २०२३ सालबाट २०४३ सम्म शिक्षण पेसामा सँलग्न रहे । गान्धिबादी नेताका रुपमा उदयपुरमा परिचित कार्कीलाई पञ्चहरुले विभिन्न निकायको नियुक्तिको प्रलोभन दिदा समेत लोभिएनन । प्रजान्त्रप्रतिको उनको आस्था कहिलै डगमगाएन । त्योबेला म प्रलोभनमा परेको भए दाम त मसंग हुन्थ्यो होला अहिले जस्तो नाम हुदैन थियो ।


७१ बर्ष पार गरिसकेका कार्की अहिलेसम्म आफू कहिल्यै अरुको अहितमा नलागेको बताउँछन । मिजासिला, स्पष्ट बक्ता र सरल जीवन शैलिका कार्कीले भने कम्युनिष्टले देश यो अवस्था पुर्‍र्याए तपाईँहरु लोकतन्त्रको पक्षमा दृढ भएर लाग्नु भएन भने भोलि पालैपालो मलाईजस्तै घाइते बनाउने छन । सम्मान,भेटघाट, राजनीतिक सम्मान,सभामा व्यस्त कार्कीले पुरै समय जिल्लामा रहने संकल्पखबरलाई बताए ।
(संकल्पखबरका सहसम्पादक केदार कटवाल संगको कुराकानीमा आधारित)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *