काठमाडौं । अभिनेत्री अस्मिता लामिछाने यतिबेला चारैतिर मिडियामा छाउन सफल छिन् । फिल्म ‘१२ सत्ताइस’का कारणले उनी मिडियाको प्रथामिकतामा परेकी हुन् । गत शुक्रबार अर्थात माघ ३ गतेबाट प्रदर्शनमा आएको ‘१२ सत्ताइस’ फिल्मको उनी मुख्य नायिका हुन् । फिल्ममा उनले हेलमेटदेवीको भुमिका निर्वाह गरेकी छिन् ।

केही म्युजिक भिडियो र फिल्ममा सहनिर्देशन गरेकी लामिछानेको ‘१२ सत्ताइस’ रिलिज भएको पहिलो डेब्यु फिल्म हो । अभिनयमा डेब्यु भने उनले ‘रंगेली’ फिल्मबाट गरेकी थिइन् । उक्त फिल्म रिलिज हुन बाँकी रहेको छ । अभिनय बिषयमै अध्यायन गरेकी उनले सहायक निर्देशक हुँदाको सिकाइ अहिले कलाकारितामा काम लागेको बताइन् । कैलाली लम्की स्थायी घर भएकी लामिछाने हाल पाटनमा बसेर अध्यायन र कलाकारिता एकसाथ अगाडि बढाइरहेकी छन् । धेरैलाई लाग्न सक्छ ‘१२ सत्ताइस’ उनको पहिलो फिल्म हो । त्यसैले यो क्षेत्रमा उनले खासै संघर्ष गर्नु परेको छैन । ‘यो क्षेत्रमा आउन आफुले बिगत ३,४ बर्षदेखि लगातार मिहिनेत र संघर्ष गरिरहेको उनले सुनाइन् । नेपाली कलाक्षेत्रमा रहेक मानिस अलग अलग उदेश्यका साथ होमिएका छन् । उनले भने आफ्नो खुसी र रहर पुरा गर्न कलाकारिता रोजेकी हुन् । सधै नयाँ र नौलो काम गर्ने उनको बानी पनि हो ।

त्यसो त देखासिकी र लहलहीमा उनी कलाकारितामा होमिएको भने होइन । जब उनी बुझ्ने बेला भएकी थिइन् । सो बेलादेखि उनलाई अभिनयले तानेको थियो । कैलालीमै विद्यालय स्तरको अध्ययन सकाएकी उनी अध्यायन र अभिनय दुबै सपना पुरा गर्न केही बर्ष अगाडि काठमाडौ छिरेकी थिइन् । अध्यायनका लागि कान्तिपुर फिल्म एकेडेमी भर्ना भएकी उनले अभिनयको सुरुवात यस फिल्म अभिनयबाट गरिन् । लामिछाने अन्य कलाकारको दाँजोमा केही भिन्न पनि छिन् । हिरोईन हुनका लागि राम्री, अग्लि, सुन्दरी हुनुपर्छ भन्ने सोचमा उनी बिश्वास गर्दिनन् । ‘आफुले निर्वाह गर्ने भुमिकामा फिट हुन सक्नुपर्छ । सबैले मन पराउने अभिनय गर्नुपर्छ । बस् यति’ उनले भनिन् ।
लाइट कमेडी जनरामा निर्माण भएको ‘१२ सत्ताइस’ पैसा कमाउन १२ सत्ताइस गर्ने कथा देखाइएको थियो । जोन योञ्जनको कथा तथा निर्देशन रहेको फिल्मको कथा र आफ्नो भुमिका राम्रो भएको उनको भनाई रहेको छ ।
फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा त्यसका कलाकारको ढकुढुकी पनि बढ्ने गरेको छ । फिल्मको बारेमा दर्शकले प्रतिक्रिय के हुने हो । आफ्नो अभिनय दर्शकले के भन्ने हुन् भन्नेमा । अस्मिताका मनमा पनि केही पहिले त्यही ज्वालामुखी मडारिएको थियो ।

फिल्मको ब्यवसाय राम्रो नभएपनि दर्शकले आफ्नो अभिनय मन पराएको उनले बताइन् । आफु कलाकारितामा अरुसँग प्रतिसप्रर्धा गर्न भन्दापनि राम्रो अभिनेत्री बन्न र आफ्नो रहर पुरा गर्न आएको बताउने उनी आफु सालिन स्वभाव भएकी नर्मल केटी भएको बताउछिन् । सिक्पल र इन्टेलिजेन्ट केटा मन पराउने उनी केही बर्षदेखि प्रेममा पछि छिन् । प्रेमी सार्वजनिक गर्न भने उनले चाहिनन् । भनिन् ‘ प्रेममा छु । प्रेमीको नाम भन्दिन ।’ फिल्ममा अस्मिताको अलवा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको थियो ।




