मनोरञ्जन

यौनकर्मीको कथामा आधारित ‘लालिमा’ देशभर प्रदर्शनमा

काठमाडौँ । निर्वाचन सकिएसँगै नयाँ फिल्म ‘लालिमा’ आज रिलिज भएको छ । यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मले देशभर ६० भन्दा बढी शो पाएको छ ।

एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले दर्शकलाई आकर्षित गर्न एउटा अफर समेत ल्याएको छ । खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ ।

यस फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा छिन् । उनले यौनकर्मीको भूमिका निभाएकी छन् । उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् । उनीसहित फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *