मनोरञ्जन

फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’

काठमाडौँ । माघ ९ गते रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’ सार्वजनिक भएको छ । निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेको हो ।

मौसम अर्यालको शब्द रहेको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर सुन्न सकिन्छ। यस गीतमा गायक योगीकै संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *