मनोरञ्जन

‘एनिमल’ पछि बलिवुडमा उदाएकी तृप्ति ‘ब्याड न्युज’ ले चर्चामा

मुम्बई । बलिउड फिल्म ‘एनिमल’ बाट उदाएकी अभिनेत्री तृप्ति डिमरीले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ लाई लिएर चर्चामा छिन् । यस फिल्ममा तृप्तिसँगै विक्की कौशल र एमी विर्क पनि मुख्य भूमिकामा रहेका छन् । यो फिल्म १९ जुलाईमा रिलिज हुँदैछ । यो फिल्मका निर्माता करण जोहर हुन् ।

‘ब्याड न्यूज’ मा आफ्नो कास्टिङबारे तृप्तिले बताएकी छन्, ‘वास्तवमा त्यो दिन म धर्मा प्रोडक्सनको ट्यालेन्ट एजेन्सीमा आबद्ध थिएँ । एक दिन करण सरले भेट्न बोलाउनु भयो । उहाँले मलाई आनन्द तिवारी सरसँग परिचय गराउनु भयो । जब आनन्द सरले फिल्मको कथा सुनाउनु भयो, म पूरै समय हाँसेर बसें । तर, त्यसपछि उनले कथन सुनेपछि फिल्म छनोट भइसकेको नसोच्ने बताए । अन्तिम निर्णय अडिसन पछि हुनेछ । भोलिपल्टै उनले फिल्मका तीन–चार दृश्य रेकर्ड गरे ।’

तृप्तिले फिल्मले तीनै पात्रको व्यक्तिगत यात्राको विषय अभिव्यक्त गरिएको बताएकी छन् । यस फिल्ममा तीन पात्रको प्रेमदेखि करियरमा प्रगतिसम्म, सबैतिर सफलताको सोच रहेको बताएकी छन् । उनले यस बर्ष उनका चार फिल्म रिलिज हुने बताएकी छन् । उनले ’एनिमल–२’ को विषयमा आफूलाई निर्देशक सन्दीप रेड्डी वांगाले केहि नभनेको बताउँदै आफूलाई अफर गरेमा अवश्य गर्ने बताएकी छन् । तृप्तिको ब्याड न्युजपछि धडक– २, भुल भुलैया–३, विक्की विद्याका वोह वाला, आशिकी– ३ जस्ता फिल्म आउँदै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *