मनोरञ्जन

बक्स अफिसमा ४०० करोड क्लबमा गदर- २

काठमाडौँ । बलिवुड फिल्म गदर–२ ले भारतीय बक्स अफिसमा शानदार प्रदर्शन जारी राखेको छ ।

रिलिजको दोस्रो सातामा पनि दर्शकको साथ पाएको गदर-२ ४०० करोड क्लबमा प्रवेश गरेको छ ।

मंगलबार फिल्मले १२.१० करोड कलेक्सन गरेसँगै फिल्मले रिलिजको १२ दिनमा ४००.७० करोड भारु कमाई गरेको बलिवुडका फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

फिल्मले रिलिजको दोस्रो शुक्रबार २०.५० करोड, शनिबार ३१.०७ करोड, आइतबार ३८.९० करोड र सोमबार १३.५० करोड कमाई गरेको थियो ।

यसअघि फिल्मले रिलिजको पहिलो सातामा २८४.६३ करोड भारु कमाई गरेको थियो ।

त्यस्तै गदर-२ सँगै रिलिज भएको अर्को बलिवुड फिल्म ओएमजी-२ ले अहिलेसम्म सय करोडको आँकडा पार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *