मनोरञ्जन

मलाइकाले गरिन् दोस्रो विवाहको घोषणा

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा यतिबेला आफ्नो शो ‘मुभिङ इन विथ मलाइका’ का कारण प्राय: चर्चामा रहने गरेकी छिन् ।

यस शोमा मलाइकाले आफ्नो जीवनसँग जोडिएको रोचक कुराहरु साझा गर्छिन् । डिज्नी प्लस हटस्टारमा आउने त्यस शोको हालैको एपिसोडमा मलाइकाले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित एउटा रोचक खुलासा गरिन् ।

जानकारी अनुसार उनी छिट्टै बिहे गर्दैछिन् । त्यस एपिसोडमा मलाइका आफ्नी बहिनी अमृता अरोडासँग कुरा गर्दैछिन् । सो एपिसोडमा दुवै दिदीबहिनी रेस्टुरेन्टमा गएका छन् ।

रेस्टुरेन्टमा प्रवेश गर्ने बित्तिकै मलाइकालाई त्यहाँको दृश्य यति धेरै मन पर्छ कि उनले अमृतालाई आफ्नो फोटो लिन भन्छिन् । अमृताले आफ्नी दिदीका केही तस्बिरहरू क्लिक गर्छिन् । तर अमृतालाई तस्बिरहरू लिन चासो लाग्दैन्, मलाइकाले सोध्दा उनले सीधा जवाफ दिइन्, ‘हामी यहाँ रमाइलो गर्न आएका हौं ।’

त्यसपछि दुवै जना रेस्टुरेन्टमा बस्छन् र आ–आफ्नो लागि पेय पर्दाथ मगाउँछन् । यसैबीच अमृताको नजर मलाइकाको हातमा रहेको ब्रेसलेटमा जान्छ । त्यसपछि अमृताले आफ्नी दिदीलाई यो साँच्चै अचम्मको छ भनिन् । बहिनीसँग मलाइकाले त्यो हिरा भएको बताइन् ।

मलाइकाको ब्रेसलेटको तारिफ गर्दै गर्दा अमृतालाई अचानक आमाको हिराको ब्रेसलेट याद आयो । आमाले त्यो ब्रेसलेट आफ्नी सबैभन्दा प्यारी छोरीलाई दिने कुरा भनेको भन्दै अमृता दिदीलाई सुनाउँछिन् । मलाइकाले बहिनीलाई जिस्काउँदै भनिन्, ‘तिमी उनको मनपर्ने छोरी हौँ ।’

तर, यही बीचमा उनले अचानक आफ्नो विवाहको पनि कुरा निकालिन् । अमृता भन्छिन्, ‘यदि तिमीलाई पनि ब्रेसलेट (आमाको) चाहिएको छ भने मसँग सेयर गर्न सक्नुहुन्छ ।’ मलाइका भन्छिन्, ‘होइन ! तिमी आमाको मनपर्ने छोरी हो ।’ दिदीको अनुहारको बदलिँदो भाव देखेर अमृताले भनिन्, ‘किन यति गम्भीर हुँदैछ्यौँ । म पनि आमाको प्रिय हुँ र तिमी पनि । केवल ब्रेसलेट मैले लिन जाँदैछु ।’

यसबारे मलाइका भन्छिन्, ‘म अलि टच छु, त्यसैले गम्भीर छु । उसै पनि, म छिट्टै विवाह गर्न जाँदैछु । त्यसैले, म ब्रेसलेटको हकदार छु ।’ यसबाट के कुरा स्पष्ट हुन्छ भने अंग्रेजी नयाँ वर्ष २०२३ मा मलाइका दोस्रो विवाह गर्ने तयारीमा छिन् । उनले यसबारेमा आधिकारिक घोषणा कहिले गर्छिन् त्यो भने हेर्नुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *