मनोरञ्जन

एक्लोपनको ‘याद’ म्युजिक भिडियोमा   

काठमाडौँ । गायक अर्जुन बोसेलको नयाँ साङ्गीतिक सौगात ‘याद’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।    
    
 एक्लो र दुःखी हुँदाको पीडालाई समेटेर तयार पारिएको यस गीतमा स्वयम् गायक बोसेलको शब्द, सङ्गीत रहेको छ । कृष्ण विक (भाञ्जा) ले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दासको अभिनय हेर्न सकिन्छ ।    
    
नवराज उप्रेतीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन। देवेन्द्र बब्लुको निर्देशनमा भिडियो तयार पारिएको जनाइएको छ । ‘छोडी जाने मायाको यादैले पागल बनायो बरि लै’, ‘छातिभरि मनैभरि रुन वर्षे झरी पसे जस्तो’, ‘बरि लैको भाकाले मनै छोयो बरि लै’लगायत बोलका गीत यस म्युजिक भिडियोमा सङ्ग्रहित छ ।    
    
 गायक बोसेलको आधिकारिक युट्युब च्यानल ‘अर्जुन बोसेल’मार्फत् भिडियो सार्वजनिक भएको हो । विगत लामो समयदेखि नेपाली सङ्गीतमा सक्रिय गायक बोसेलका यसअघि २२ वटा भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । केही समयअघि सार्वजनिक उहाँको ‘गोठालो’ बोलको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *