मनोरञ्जन

‘पर्खेर बस्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपाली सेनाको जागिर छाडेर संगीतका क्षेत्रमा उदाएका प्रीतीबहादुर खत्रीको निर्देशन एवं संगीतमा रहेको ‘पर्खेर बस्छु’ बोल को गीत सार्वजनिक भएको छ ।

रजनी ढकालको शब्द रहेको गीतमा गायिका रचना रिमालले स्वर दिएकी छन् । उक्त गीतको भिडियोमा आयुष्मा आचार्य, समीर अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । सरोज शाहीको छाँयांकन रहेको उक्त गीतमा निराजन केसीको रंग सम्पादन रहेको छ ।

गीतमा कलेज जीवनमा सुरु भएको प्रेममा आधारित गीतमा मानिसले जीवनकालमा भोग्नु पर्ने प्रणय अभावलाई देखाउन खोजिएको छ । आफूले मनमा सजाएको मान्छेलाई पर्खदाको पर्खाइको पीडाले दिन रात आँखामा आशु नसुकेको भाव गीतले व्यक्त गरेको छ ।

भने गीतलाई यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ .

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *