मनोरञ्जन

पल शाहविरूद्ध ‘जबरजस्ती करणी’को जाहेरी दर्ता

दमौली । अभिनेता पल शाहविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ ।

एक १७ वर्षीया गायिका आफैं जिप्रपा तनहुँ पुगेर शाहविरूद्ध जाहेरी दिएकी हुन् । शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

ती गायिका एक महिनाअघि शाहले यौन दुर्व्यवहार गरेको भन्दै कास्की प्रहरीसमक्ष पुगेकी थिइन् । आफ्नो क्षेत्राधिकार नपरेको भन्दै कास्की प्रहरीले तनहुँ प्रहरीमा जान सुझाएका थिए ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएको बताए । प्रहरीले सबै कुरा सुनेपछि घटना तनहुँमा भएकाले क्षेत्राधिकार नपर्ने भन्दै तनहुँ नै जान सुझाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *