मनोरञ्जन

नाजिर र गीताको रोमान्समा ‘चम्पाकली’

काठमाडौं । गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीत भिडियो ‘चम्पाकली’ सार्वजनिक भएको छ ।

शितल कादम्बिनीको शब्द र सिडी विजय अधिकारीको संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

भिडियोमा अभिनेता नाजिर हुसेन र गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ ।

करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईँले गरेका हुन् ।

भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रीले गरेका हुन् ।

भिडियो डिएआर डिजिटलको सार्वजनिक गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *