मनोरञ्जन

‘फूल भिरैमा’ दोहोरी गीत सार्वजनिक

संकल्पखबर । चर्चित लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलको ‘फूल भिरैमा’ गीत सार्वजनिक भएको छ ।

गीतमा पुरुशोत्तम पौडेल, सुनिता बुढा क्षेत्री र लक्ष्मी खड्काले स्वर दिएका छन् ।

“फूल भिरैमा सजाउन मायाले तिम्रो सिरैमा” लगायतका मायालु टुक्का प्रयोग भएको गीत परुशोत्तम पौडेल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा चर्चित मोडल आसिर प्रताप जंग, सञ्जिव न्यौपाने समर, स्मारीका ढकाल, समारीका ढकाल, शिब पौडेल र एन्जिला केसीको अभिनय देख्न सकिन्छ।

गीतको थेगो निमार्ण गरेका शिब पौडेल हास्य कलाकारको रुपमा गीतमा देखिएका छन्।

नेत्र अर्यालको शब्द, गायक पुरुशोत्तम पौडेलको संगित रहेको गीतको बिनोद बाजुरालीले एरेन्ज गरेका हुन्।

ऋषी बराल ‘श्रीजन’को निर्देशन रहेको फूल भिरैमाको अडियो भिडियोको काम उमंग म्यूजिक प्रा।लिले गरेको हो।

रामशरण उप्रेतीले छयाङ्कन गरेको गीतको दुश्य सम्पादन तथा कलर शिब पौडेलले गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *