काठमाडौं । उत्तराखण्डका पवनदीप राजनले बाह्रौँ संस्करणको इन्डियन आइडल जितेका छन् ।
फाइनल पुगेका पाँचजनालाई पछि पार्दै उनले इन्डियन आइडल जितेका हुन् ।
पवनले इन्डियन आइडलको अवार्डसँगै २५ लाख राशिको पुरस्कार प्राप्त गरेका छन्। इन्डियन आइडल–१२ मा अरुणिता कन्जिलाल फस्ट रनरअप र सायली काम्बले सेकेन्ड रनरअप भए ।
आइडलमा भाग लिएसँगै पवनदीपले सबैको विश्वास जित्दै आएका थिए । उनले कहिल्यै पछाडि फर्कनु परेन । गायनका साथै पवनदीप संगीतका अन्य विधामा पनि उत्तिकै सशक्त छन् ।




